Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष खनालबीच भेट ।।

संविधानसभा विघटनपछि दलहरुबीच बढेको दुरी कम गर्ने बारेमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष झलनाथ खनालबीच आज छलफल भएको छ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रचण्ड बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो । केहिबेरअघि सम्पन्न भेटवार्तामा प्रचण्डले एमाले काङ्ग्रेस, लगायतका दलले सुरु गरेको विरोध र आन्दोलन छोडेर सहमतिमा आउन आग्रह गर्नुभएको प्रचण्डनिकट स्रोतले जनाएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आन्दोलन वाधक हुने भन्दै देशको राजनीतिक संकट समाधान गर्न सबै दल जिम्मेवार र गम्भीर बन्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको थियो । जवाफमा खनालले प्रधानमन्त्री डा बाबुराम भट्टराईले सहमतिका लागि पद् त्यागेर बाटो खुल्ला गरिदिनुपर्ने बताउनुभएको बुझिएको छ ।

यसैबीच माओबादी अध्यक्ष प्रचण्ड र एसिया प्रशान्त क्षेत्रका लागि राजनीतिक मामिलासम्बन्धि राष्ट्रसंघीय निर्देशक स्यामुअल ताम्राटबीच पनि भेटवार्ता हुँदै छ । प्रचण्ड निवास लाजिम्पाटमा हुने छलफलमा ताम्राटले नेपालमा बढ्दै गएको दलीय ध्रुवीकरण र राजनीतिक निकासका बारेमा छलफल गर्ने बुझिएको छ ।

 

Comments

Other Top Stories