Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

वैद्यद्धारा प्रधानमन्त्रीको राजीनामा माग

वैद्यद्धारा प्रधानमन्त्रीको राजीनामा माग

 एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री डा वावुराम भट्टराईको राजीनामा माग गर्नुभएको छ । संविधानसभा भङ्ग भइसकेको अवस्थामा संवैधानिक हैसियत स्वतः समाप्त भएकाले प्रधानमन्त्री पदमा भट्टराई बस्न नमिल्ने भएकाले तत्काल राजीनामा दिनु पर्ने उहाँको भनाई छ ।

सोमवार विहान एक विज्ञप्ती जारी गरी वैद्यले संविधान सभा विघटन गरी मङ्सिर ७ गते संविधानसभाको निर्वाचन पुनः गर्ने प्रधानमन्त्रीको घोषणा असंवैधानिक भएको बताउनुभएको छ । विज्ञप्तीमा छ- ‘यसले देशभक्त तथा परिर्वतनकामी जनसमुदायमा गम्भीर प्रकारको आघात पुर्‍याएको छ, राजनीतिक दलहरूको सहमति नलिइएको र संवैधानिक व्यवस्था पनि नभएको स्थितिमा यो घोषणा स्वतः असंवैधानिक बन्न गएको छ ।’ उपाध्यक्ष वैद्यले सरकारको उक्त कदमप्रति आपत्ति जनाउदै अविलम्ब प्रधानमन्त्रीको राजीनमा माग गर्नु भयो ।

सरकारको कदमले देशभक्त तथा परिर्वतनकामी जनसमुदायमा गम्भीर आघात पुर्‍याएको बैद्यको ठहर छ । उहाँले सर्वदलीय राजनीतिक सहमति कायम गरी संविधानसभाको निर्वाचनलगायत सम्पूर्ण राजनीतिक निकास र नीतिगत निर्णयसम्बन्धी कामको व्यवस्था गर्नेबारे तत्काल आवश्यक पहल लिन सबै राजनीतिक दलहरुलाई आग्रह गसमेत गर्नु भएको छ ।

Comments

Other Top Stories