Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

बिहीबार सबैभन्दा बढी गर्मी

११ जेठ, काठमाडौं । सडकमा हिंड्ने मात्रै होइन, घरभित्र र कार्यालयमा रहेका मान्छेलाई समेत बिहीबार अघिल्ला दिनहरुको तुलनामा बढी गर्मी महसुस भयो । बसिरहँदा समेत खलखली पसिना बगेपछि धेरैलाई हैरान भयो ।

हुन पनि बिहीबार राजधानी सहित देशभरको तापक्रम बढेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । ‘बिहीबार पोहोरको तुलनामा तापक्रम बढेको छ’ महाशाखाका मौसमविद राजेन्द्र श्रेष्ठले भन्नुभयो -’यो सिजनमा राम्रोसित पानी पर्न नसकेका कारण गर्मी बढेको हो ।’

महाशाखाका अनुसार बिहीबार राजधानीको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस पुगेको छ । बुधबार तापक्रम ३३ डिग्रीसम्म उक्लिएको थियो । यस्तै सबैभन्दा बढी गर्मी हुने ठाउँ नेपालगंजमा ४३ दशमलव ६, धनगढीमा ४३ दशमलव ३, भैरहवामा ४२ दशमलव ८ डिग्री सेल्सियस तापक्रम छ ।

सबै ठाउँमा पोहोरको तुलनामा तापक्रम बढेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार केही दिन पानी पर्ने सम्भावना नभएकाले अझै गर्मी बढ्न सक्छ । ‘यो भन्दा एक दुई डिग्री तापक्रम बढ्ने संकेत छ’ श्रेष्ठले भन्नुभयो ।

Comments

Other Top Stories