Recent News
- २० औ मदन आश्रित स्मृति दिवशको अवशरमा नेकपा एमाले पाल्पामा अन्तरकृया कार्यक्रममा
- सप्तरीमा समलिङ्गी र तेस्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइयो ।।
- भारतीय नागरिकलाई राहदानी बनाई विदेश पठाउने गिरोह सप्तरीमा सक्रिय ।।
- राष्ट्रभक्तिका लागि अब लडाई हुने नेकपा माओवादी सचिव चन्दको भनाइ ।।
- राप्रपा–राजपा एकता महाधिवेशन जारी, मुलुकमा आएको परिवर्तनलाई स्वीकार गर्नुको विकल्प नभएको नेताहरूको भनाइ ।।
- उच्चस्तरीय राजनीतिक समितिको बैठक सुरु हुँदै ।।
- नवलपरासी स्थित रामग्राम नगरपालीमा भ्रष्टचार भएको भन्दै छानविन गर्न प्रशासन संग माग
- निर्वाचनमा भण्डाफोर गर्ने नेकपा–माओवादीको तयारी
- आईपिएल क्रिकेटमा आज राजस्थान र हैदरावाद भिड्दै ।।
- काठमाण्डुको ठमेलमा आगलागी, करोडौंको क्षति ।।
बाँकि समाचारहरु
Today's Program
- Majheri
@16:20 Hrs
- Halkhabar
@17:00 Hrs
- Yuva Aawaj
@17:20 Hrs
- Halkhabar
@18:00 Hrs
- LOKTANTRA MANTRA
@18:10 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
संविधानको पालक हुँ, जथाभावी गर्दिनः राष्ट्रपति
काठमाडौं, जेष्ठ ११ - राष्ट्रपति डा रामवरण यादवले आफू संविधानको पालक भएको बताउँदै जनताको हित विपरीत निर्णय नगर्ने प्रतिबद्धता जनाएका छन् ।
संविधानसभाको म्याद थपको विरोध गर्दै आएको नेपाल बार एसोसिएसन टोलीसँग बिहीबार शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले जनताको भलाईलाई सोचेर निर्णय गर्ने बताए । 'म राष्ट्रप्रमुख मात्र होइन, संविधानको पालक पनि हो,' राष्ट्रपतिको भनाई उद्धृत गर्दै बार अध्यक्ष प्रेमबहादुर खड्काले भने, 'मुलुकलाई निकास दिंदा जनताको भलाईलाई पनि ख्याल गर्छु, जथावाथी गर्दिन ।'
यसैबीच राससका अनुसार राष्ट्रपति यादवले जेठ १४ गतेभित्र नयाँ संविधान ल्याउने गरी आवश्यक परिश्रम गर्न संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई ध्यानाकर्षण गराएका छन् ।
निर्वाचन आयोगद्वारा स्थापित निर्वाचन शिक्षा तथा सूचना केन्द्रको उदघाटन गर्दै राष्ट्रपति यादवले यही जेठ १४ गतेभित्र नै संविधान आओस् भन्ने जनताको चाहना भएकाले त्यसमा बल दिन सभाध्यक्ष नेम्बाङलाई आग्रह गरेका हुन् । राष्ट्रपतिले सम्बोधन गरिरहँदा सभाध्यक्ष नेम्बाङ कार्यक्रमस्थलमै थिए ।
'लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नयाँ संविधान यही जेठ १४ भित्रमा आओस् र शान्ति स्थापना होस् भन्ने जनताको चाहना छ,' राष्ट्रपतिले भने ।
उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पारस्परिक सद्भाव, समावेसीकरणमा एकता र सामाजिक सन्तुलन बनाइराख्न निर्वाचन एक महत्त्वपूर्ण साधन भएको पनि बताए ।
Comments
Other Top Stories
- २० औ मदन आश्रित स्मृति दिवशको अवशरमा नेकपा एमाले पाल्पामा अन्तरकृया कार्यक्रममा
- सप्तरीमा समलिङ्गी र तेस्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइयो ।।
- भारतीय नागरिकलाई राहदानी बनाई विदेश पठाउने गिरोह सप्तरीमा सक्रिय ।।
- राष्ट्रभक्तिका लागि अब लडाई हुने नेकपा माओवादी सचिव चन्दको भनाइ ।।
- राप्रपा–राजपा एकता महाधिवेशन जारी, मुलुकमा आएको परिवर्तनलाई स्वीकार गर्नुको विकल्प नभएको नेताहरूको भनाइ ।।
- उच्चस्तरीय राजनीतिक समितिको बैठक सुरु हुँदै ।।
- नवलपरासी स्थित रामग्राम नगरपालीमा भ्रष्टचार भएको भन्दै छानविन गर्न प्रशासन संग माग
- निर्वाचनमा भण्डाफोर गर्ने नेकपा–माओवादीको तयारी
- आईपिएल क्रिकेटमा आज राजस्थान र हैदरावाद भिड्दै ।।
- काठमाण्डुको ठमेलमा आगलागी, करोडौंको क्षति ।।
- Show more News