Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

आदिवासी जनजातिको बन्दले जनजीवन प्रभावित, प्रेसको गाडीमा तोडफोड

जेष्ठ ७ -  

नामांकन र सिमांकन विनाको ११ प्रदेश नमान्ने भन्ने आदिवासी जनजातिले गरेको बन्दका कारण उपत्यका लगायत मुलुकभरको जनजीवन आइतवार प्रभावित भएको छ । 

आइतवार विहानैदेखि प्रदर्शनकारीले सडकमा निस्किएर सवारी रोकेका छन् । यातायात, शैक्षिक संस्था, कलकारखानाहरु ठप्प छन् । उनीहरु संविधानसभाको राज्य पुनर्संरचना समिति तथा राज्य पुनर्संरचना उच्चस्तरिय सुझाव आयोगको प्रतिवेदन बमोजिम राज्यको पुनर्संरचना हुनुपर्ने, जातीय पहिचानको आधारमा प्रदेशहरुको नामाकरण हुनुपर्नेलगायतका माग राखेका छन् । 

बन्कले उपत्यमा सवारी साधन नचल्द कामकाजीहरु हिंडेरै गन्तव्य तर्फ गइरहेका छन् । प्राय बन्दका बेलामा देखिने मोटरसाइकलसमेत देखिएका छैनन् । साइकलहरु मात्र केही मात्रमा सडकमा देखिएका छन् । बन्दकर्ता बिहानै दर्जनौं बन्दकर्तालाई प्रहरी पक्राउ गरेको समेत जनाएको छ । 

प्रेसको गाडीमा तोडफोड

आइतवार बिहान पत्रिका पुर्याएर फर्कंदै गरेको कान्तिपुर पब्लिकेशन्सको एउटा भ्यानमा तोडफोड गरिएको छ । कार्यालयतर्फ आउँदै गरेको बा९च ५५३७ को भ्यानलाई बौद्धमा तोडफोड गरिएको हो । भ्यानको अगाडीको सिसा फुटेको छ । 

त्यसैगरी ग्वार्कोमा हिमालयन टीभीको एक जना क्यामरा पर्सनको मोटरसाइकल जलाइएको बताइएको छ । यद्यपी बन्दकर्ताले भने दमकल, एम्बुलेन्स, सुरक्षा, कुटनीतिक नियोग तथा प्रेसलाई निर्वाद रुपमा चल्न दिने बताएको थियो ।

Comments

Other Top Stories