Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

राजनीति ११ प्रदेशको सहमतिबाट पछि नहट्ने एमालेको निर्णय

राजनीति  ११ प्रदेशको सहमतिबाट पछि नहट्ने एमालेको निर्णय

जेठ ५ – नेकपा एमाले ११ प्रदेशको सहमतिबाट पछि नहट्ने भएको छ । सिहंदरबारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ११ प्रदेशको सहमतिकै पक्षमा उभिने निर्णय गरेको हो ।

मधेसी मोर्चाले ११ प्रदेशमा असहमति जनाएर परिवर्तन गर्न माग गरिरहेका बेला एमालेले सहमतिबाट पछि नहट्ने निर्णय गरेको हो । संविधानका लागि दलहरुबीचमा भएको सहमतिका आधारमा मात्रै संविधान बन्न सक्ने भएकोले त्यसकै पक्षमा रहने निर्णय भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।

दलहरुबीचमा भैरहेको वार्ता, सहमति लगायतका विषयमा केन्द्रीय सदस्यलाई जानकारी गराउन आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । अनौपचारिक रुपमा बोलाईएको बैठकमा काठमाण्डुमा उपलब्ध केन्द्रीय सदस्य उपस्थित थिए ।

बैठकले कुटनीतिक मर्यादा विपरित तराईमा आन्दोलन गर्न उक्साउने भारतीय महावाणिज्य दुतावासका राजनीतिक कन्सुलर एस डी मेहतालाई तुरुन्त फिर्ता पठाउन माग गरेको गैरेले जानकारी दिनुभयो ।

Comments

Other Top Stories