Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

जातीय राज्य माग्ने नेतालाई एमाले परित्याग गर्न बस्नेतको चुनौति

जेठ ३ – नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पार्टी निर्णय नमान्ने र जातीय राज्यको पक्षमा गुटबन्दी गर्दै हिड्ने सभासदलाई पार्टी छोड्न चुनौती दिनुभएको छ । एमालेका पृथ्वीसुब्बा गुरुङ्ग लगायतका जनजाति सभासदले जातीय राज्य नभए पार्टी छोड्ने भनि दिएको धम्कीप्रति संकेत गर्दै नेता बस्नेतले एमालेमा त्यस्ता नेताको आवश्यकता नभएको दाबी गर्नुभयो ।

 

युवा संघ कास्कीको नवौं जिल्ला सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष बस्नेतले राजनीतिक दलका शीर्ष नेताहरुबीच मंगलबार भएको सहमतिले संविधान निर्माणको केहि आशा पलाएको भएपनि कार्यन्वयन प्रकृयामा भने शंका व्यक्त गर्नुभएको छ । ११ प्रदेश नेपालका लागि निकै खर्चालु हुने भन्दै नेताहरुको राजनितिक स्वार्थका कारण यस्तो अवस्था आएको धारणा राख्नुभयो ।

सरकारमा नजाने पार्टीको निर्णय बिपरित एमाले सरकारमा जानु तथा शासकीय स्वरुपका विषयमा पनि अध्यक्ष बस्नेतको असहमति रहेको छ ।

Comments

Other Top Stories