Recent News
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
बाँकि समाचारहरु
Today's Program
- Isthaniya Patrapatrika ra Aaja ko Sandharva
@06:45 Hrs
- Nagarik Sambadh
@07:00 Hrs
- Halkhabar
@08:00 Hrs
- Geet Haru
@08:05 Hrs
- Halkhabar
@09:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु
३ जेठ, काठमाण्डौ । हामी आफैं मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने भूपी शेरचनको चर्चित कवितालाई सार्थक तुल्याउँदै चार बर्षसम्म सहमतिमा आउन नसकेका दलहरु हिजोबाट अचानक उधारो सहमतिमा पुगेका छन् । तर यो सहमति जुटाइदिन भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सञ्जीव त्रिपाठीको भूमिका रहेको धेरै नेपालीले पत्तो पाएनन् ।
त्रिपाठी आफ्ना क्षेत्रीय मामिला हेर्ने अधिकारीसहतिको चुस्त टोली लिएर कतै परिचय नखुलाई आइतवार नेपाल छिरेका हुन् । कुनै बिमानस्थलमा वास्तविक बिबरण नदिई सुरक्षा निकायले समेत थाहा नपाउने गरि काठमाण्डौं छिरेका उनले राजनीतिक दलहरुसित सघन सम्बाद गरेपछि मंगलबार १२ बुँदे पछिको सवैभन्दा महत्वपूर्ण सहमति जुटेको आजको जनआस्था साप्ताहिकले छापेको छ ।
नेपाल बसाईमा उनले कांग्रेस एमालेका केही नेतालाई घर घरमै गएर भेटेका थिए भने माओवादी केही शीर्ष नेतालाई होटल तथा बाहिरी लोकेसनमा भेटेका थिए । उनले प्रचण्डलाई परिस्थीति तपाईको पक्षमा देखिएकाले जथाभावी नबोल्नुहोला भनेर समेत सुझाएका थिए ।
यसैवीच माओवादी अध्यक्ष प्रचण्डले आफु जातीयको पक्षमा नलागे सिद्दिने भन्दै शीर्ष वैठकमा अनुनयबिनय गरेको जनआस्थाले नै छापेको छ । जनजाती नेताहरुलाई प्रतिकारका लागि उक्साएपनि त्यसअघि नै प्रचण्डले भनेका थिए- यसै त सेना समायोजनमा रिस्क मोल्दा साथीहरुले मलाई लालगद्दार भनिसके, अब जातीय पहिचानसहितको संघीयताबाट पछि हटें भने त बर्बादै हुन्छु ।’ जातीयताको बाटो सही हैन भन्ने आफुलाई थाहा भएपनि जनयुद्धमा त्यही नारा दिएको र पार्टीभित्र पनि त्यही स्कुलिङ गरिएकाले त्यसबाट पछि हट्न गाह्रो हुने प्रचण्डको भनाई थियो ।
Comments
Other Top Stories
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- Show more News