Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

प्रधानमन्त्रीले आज मन्त्रिपरिषदको विस्तार गर्दै

 

३ जेठ, काठमाण्डौ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै हुन्नुहुन्छ । प्रधानमन्त्रीले नेकपा एमालेका दुई मन्त्रीलाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एमालेबाट महासचिव इश्वर पोखरेल र नेतृ राधा ज्ञवालीले विहान ११ बजे राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री समक्ष सपथ लिने कार्यक्रम तय भएको छ । माओवादीले सल्लाहनै नगरी मन्त्रालय बाँडफाँड गरेको भन्दै सरकारमा नगएको एमाले संविधानका विवादित विषयमा सहमति भएसँगै सरकारमा जाने सहमती जनाएको हो ।

एमाले सरकारमा सहभागी भएसँगै सरकारले सहमतीय स्वरुप लिनेछ । दलहरुबीच भएको ५ बुँदे सहमतिपछि माओवादी, कांग्रेस र मधेसी मोर्चा सरकारमा सहभागी भइसकेको छ ।

Comments

Other Top Stories