Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

राजस्व छलेको अभियोगमा पक्राउ शर्मा धरौटीमा रिहा

बुटवल, जेठ १÷
राजस्व छली गरी नेपाल भित्र्याएको ५४ थान कुर्ता सुरुवालको कपडा सहित प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ । भारतको सुनौलीबाट खरीद गरी बुटवल ल्याउँदै गर्दा वडा प्रहरी कार्यालय बुटवल रामनगरको टोलीले बसबाट ती सामान सहित भैरहवा ८ का विजय शर्मालाई पक्राउ गरेको प्रहरी निरीक्षक सुभास कुमार गैरेले बताउनुभयो । विगत लामो समयदेखि चोरी पैठारीमा संलग्न रहँदै आएका शर्मालाई प्रहरीको विशेष सुराकी टोलीले उक्त कपडा सहित पक्राउ गरेको हो ।
प्रहरीले आज शर्मा र बरामद कपडालाई पश्चिमाञ्चल राजस्व अनुसन्धान इकाई कार्यालय बुटवल चलान गरेको थियो । राजस्व अनुसन्धान कार्यालयले आज नै शर्मालाई २२ हजार २ सय रुपैयाँ घरौटी लिई छाडेको छ भने कपडा लिलामी प्रक्रियामा लगिने जनाएको छ । त्यस्तै वडा प्रहरी कार्यालय रामनगरले घरेलु मदिरा बनाउने १८ बोरा मोर्चा सहित ३ महिलालाई पक्राउ गरेको छ ।
नवलपरासी सुनवल ३ कि माया काफ्ले र सन्जु अघिकारीले बसमा उक्त परिणामको मोर्चा बुटवल ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो । प्रहरीले बरामद मोर्चा जलाएको छ । त्यस्तै बुटवलतर्फ ल्याउँदै गरेको करिव ५ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ । मोर्चा सहित पक्राउ परेका महिलालाई आगमी दिनमा त्यस्तो कारोबार नगर्ने सर्तमा लिखित कागज बनाएर महिलालाई छाड्ने प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।

Comments

Other Top Stories