Recent News
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
बाँकि समाचारहरु
Today's Program
- Halkhabar
@17:00 Hrs
- Halkhabar
@18:00 Hrs
- Nepali Natak
@18:05 Hrs
- Geetharu
@18:30 Hrs
- Halkhabar 7:00 PM
@19:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
बधशाला निर्माणमा ठेकेदारको हेलचेक्रयाँई निर्माण सम्पन्न नहुँदै संरचना भत्कन थाले
लक्ष्मण पौडेल
बुटवल, जेठ १÷
ठेकेदारको लापरवाहीका कारण बुटवलमा निमार्णाधिन अत्याधुनिक पशु बधशाला निर्माण सम्पन्न नहुँदै भवनका संरचना भत्कन थालेका छन् ।
बुटवलबासीहरुको माग र बुटवल नगरपालिकाको योजना अनुसार करिब ५ करोडको लागतमा निर्माण सम्पन्न गर्नेगरी पहिलो चरणमा १ करोड २० लाखको लागतमा राँगा, भैसी बध गर्ने गरी निर्माण सुरु गरिएको पशु बधशालाका संरचनाहरु भत्केका छन् । बधशाला निर्माणको जिम्मा लिएको गोर्खा कन्स्ट्रक्सनले समयमा बधशाला निर्माण गर्न सकेको छैन । उता सम्झौता अनुसार गत वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने बधशाला भवनको संरचना तयार गरी सकेको छ भने मेकानिकल कामको सुरु समेत गरेको छैन ।
बधशालाको भवनको संरचना तयार भएपनि बधशाला संचालन नहुँदै भवनका संरचना भत्केका छन् । बुटवल नगरपालिकाको ६० लाख रुपैयाँको लागतमा बधशालाको बाउन्ड्री वालको काम नगरपालिकाले सम्पन्न गरेको छ । उता ४२ लाखको लागतमा निर्माण सम्पन्न गर्नेगरी बधशालाको भवन निर्माण र ६० लाख रुपैयाँको लागतमा बधशालाभित्र मेकानिकल सामान फिट गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले भवन निर्माणको काम सम्पन्न गरेपनि मेकानिकल कामको भने सुरु नै गरेको छैन ।
ठेकेदारले बधशालाको सिभिल पार्टको काम सम्पन्न गरेपनि मेकानिकल काम सुरु नै नगरेकाले बधशाला संचालनमा आउँदा सम्म भुक्तानी गर्न सिफारिस नदिइने गरी रोकिएको ईन्जिनियर गौतमले बताउनुभयो ।
पशुपंक्षी बजार निर्देशनालय काठमाडौंको टेण्डर प्रक्रियाबाट २ वर्षअघि निर्माण थालिएको बधशालाको निर्माण अघिल्लो असार मसान्त सम्ममा सम्पन्न गरी सक्नुपर्नेमा निर्माण सम्पन्न नभएपछि थप १ बर्षका लागि समय थपिएको थियो । तर थपिएको समयमा समेत ठेकेदारहरुले बधशालाको काम सम्पन्न गर्न सकेका छैनन् ।
नगरबासीलाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउन र नगरमा मासुजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषणलाई नियन्त्रण गर्न बुटवल नगरपालिकाले लामो प्रयासपछि बधशाला निर्माणका लागि स्थान छनोट गरी प्रक्रिया अगाडि बढाएको थियो । तर ठेकेदारको लापरवाहीका कारण यस क्षेत्रका बासिन्दाले सफा र स्वच्छ मासु खान पाउन देखेको सपना पुरा हुन अझै लामो समय पर्खिनुपर्ने भएको छ ।
निर्माण गरिएका भवनका पिल्लरहरु बाङ्गाटिङ्गा र कमजोर भएको भन्दै बधशालाको अनुगमन गरिरहनुभएका बुटवल नगरपालिकाका इन्जिनियर गौतम रौनियारले भवनका दुईवटा पिल्लर झत्काएर पुनः बनाउन लगाइएको बताउनुभयो । उहाँका अनुसार अत्याधुनिक सुविधा सम्पन्न बधशाला निर्माण गरी पशु चिकित्सक समेतको निगरानीमा पशु बध गर्ने उद्देश्यका साथ गुरुयोजना निर्माण गरिएको भएपनि हाललाई रागाँ भैसी बध गर्नका लागि मात्र बधशालाको निर्माण गर्न ठेकेदारले जिम्मा पाएको हो ।
गुरुयोजनामा अत्याधुनिक बधशाला निर्माण गरी उक्त बधशालामा अलग–अलग रुपमा राँगा, भैसी, बोका–बाख्रा, कुखुरा–हाँस, बंगुर र माछाको बध गर्ने योजना बनाइएको पनि ईन्जिनियर गौतमले बताउनुभयो । कुल ५ करोडको लागतमा आधुनिक बधशाला निर्माण गर्ने गुरुयोजना बनाइएको भएपनि राँगा, भैंसी बध गर्ने बधशाला बाहेक अन्य पशुपंक्षी बध गर्ने बधशालाको निर्माण गर्ने योजना अलपत्र सरह भएको छ ।
बधशालाको अनुगमन गरिरहनु भएका ईन्जिनियर गौतमले भवनका संरचना भत्किएको बारे अनभिज्ञता प्रकट गर्दै त्यसबारे आफुले बुझ्ने बताउनुृभयो । यस सम्बन्धमा निर्माणको ठेक्का लिएको गोर्खा कन्स्ट्रक्सनका संचालनक भरत पोखरेलसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । दैनिक दुई सिफ्टमा संचालन गरेमा प्रतिदिन १ सयवटा राँगा, भैसी बध गर्न सकिने क्षमताको बधशाला निर्माण गरिएको हो ।
बुटवलबासीले अहिले अस्वस्थ तरिकाले बध गरिएका र खुल्ला स्थानमा राखिएका मासु व्यवसायीहरुबाट मासु खरीद गरी उपभोग गर्दै आएका छन् । हाल बुटवलमा २ सय भन्दा बढीको हाराहारीमा मासु व्यवसायीहरु रहेका छन् ।
Comments
Other Top Stories
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- पूर्व सभासद्को हत्यापछि सप्तरी तनावग्रस्त ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- बेपत्ता स्मृति दिवस मनाइदै ,एकीकृत माओवादीको पार्टी कार्यालय परिसरमा स्तम्भ बनाइने ।।
- सरकार र सद्भावना पार्टीबीच वार्ता हुँदै ।।
- राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै ।।
- Show more News


