Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

विमान दुर्घटनामा १५ जनाको निधन, ६ घाइते

जेठ १ – पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थल नजिकै पुथाङ्ग डाडामा ठोक्किदा चालक दलका २ सहित १५ जनाको ज्यान गएको छ,,६ जना घाईते भएका छन् । घाईते ६ जनाकै मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ ।

 

घाईते हुनेमा विमान परिचारिका काठमाडौकी २० वर्षिया रोशनी सैजू, डेनमार्ककका नागरिक वर्ष ३० का एन्ड्रिस र वर्ष २९ का ईनिली जोरजेन्स्, भारत चेन्नाईका वर्ष ४० का श्रीकान्त र छोरीहरु ९ वर्षीय सीमा र ६ वर्षकी सिप्रदी रहेका छन् । उनीहरुमध्ये ५ जनालाई बढी चोट लागेको अस्पतालले जनाएको छ ।
३ जना चालक दल, १६ जना भारतीय र अरु २ जना विदेशी नागरिक लिएर बिहान ९ ः२५ बजे पोखरा विमानस्थलबाट उडेको नाईन एन एआईजी विमान जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा टर्निङ्ग नपुगेर एयरपोर्टदेखि ३ सय मिटर टाढा रहेको माटोको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको हो ।
माटोमा ढिस्कोमा ठोक्किएको बिमान खोचमा खसेका कारण आगो लाग्न नपाएको प्रत्यक्षदर्शीले बताएका छन् । मुक्तिनाथ दर्शनका लागि चार्टड गरी गएको जहाज दुर्घटनामा क्याप्टेन प्रभुशरण पाठक र सहायक चालक एसबी महर्जनको पनि ज्यान गएको छ । मृतक १३ जना भारतीय नागरिकको सनाखत हुन बाँकी छ । शव नेपाली सेनाको हेलिकप्टरवाट काठमाडौ लगिएको छ ।

Comments

Other Top Stories