Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

कांग्रेस सरकारबाट बाहिरिदै ?

१ जेठ, काठमाण्डौ । नाटकीयरुपमा माओवादी नेतृत्वको सरकारमा सहभागी भएको नेपाली कांग्रेसले मन्त्रालयमा समेत कुनै बार्गेनिङ नगरी बिना बिभागीय मन्त्री खाएर वस्नुको कारण के होला ? धेरैको मनमा उब्जिएको यो प्रश्न पनि अनेकथरि हुनसक्छ । तर कांग्रेसकै एक प्रभावशाली जमातका नेताहरुले भने नेपाली सेनाका उपरथी दमन घलेलाई रथी बन्नबाट रोक्न तथा सेनामा माओवादी हस्तक्षेप टार्नका लागि मात्र कांग्रेस सरकारमा सहभागी भएको र यो मिसन पुरा हुनासाथ जेठ ८ गते भित्रैमा सरकारबाट फिर्ता हुन लागेको ठोकुवा गर्न थालेका छन् ।

प्रधानसेनापति छत्रमानसिंह गुरुङले आफ्ना बहिनी ज्वाईं दमन घलेलाई रथी बनाउन नेपाली सेनामा आबश्यक नै नभएको दुई रथी थप्ने प्रस्तावमा माओवादीलाई सहमत गराएको र त्यसबापत लडाकूलाई सहायकरथीसम्म दिन तयार भएको गुप्त सूचना पाएपछि त्यसलाई असफल पार्न अचानक सरकारमा सहभागी भएको डा. शेखर कोइरालाले आफुनिकटहरुलाई बताउन थालेका छन् । शेखरबाट चुहिएको यो सूचना माओवादी र सेनासम्म पनि पुगेपछि माओवादी सेनामा हस्तक्षेप गर्न दोस्रोपटक पनि असफल भएको निष्र्कष निकालिएको सोमबारको सांघु साप्ताहिकले छापेको छ ।

दुई रथी थप्ने योजनामा उपप्रधानमन्त्री सिटौलाले मन्त्रिपरिषद् वैठकमा असहमति जनाएपछि त्यो सफल हुन सकेन् । फलस्वरुप दमनले अबकाश पाए । दमनको अबकाशसंगै सरकारबाट कांग्रेसको पनि अबकाश हुने कोइरालाले दावी गरेको एक कांग्रेस कार्यकर्ता बताउँछन् ।

संबिधान निर्माणमा यसअघि गरिएका सहमतिबाट कांग्रेस पछि हट्नु र राज्य पुर्नसंरचनामा कांग्रेस पुरै नकरात्मक हुनुले पनि संबिधान बनाउन भन्दापनि सेनामा माओवादी हस्तक्षेप रोक्नमात्र कांग्रेस सरकारमा सहभागी भएको पुष्टी हुन थालेको माओवादीले बताउन थालेको छ ।

Comments

Other Top Stories