Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

ब्राम्हाण खस क्षेत्रीले दिए तीन दिने अल्टिमेटम

ब्राह्मण खस क्षेत्रीलगायतको संघर्ष समितिले जातीय आधारमा राज्यको नामकरण गर्ने निर्णय फिर्ता लिन सरकारलाई तीन दिनको समयसिमा तोकेको छ । आईतवार राजधानीमा पत्रकार सम्मेलन गरी संयुक्त संघर्ष समितिले तीन दिनसम्म पनि माग पुरा नगरे भोलीपल्टदेखि आम हड्ताल र भद्र अवज्ञा आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो । 

पत्रकार सम्मेलनमा क्षेत्री समाज नेपालका अध्यक्ष दिलबहादुर क्षेत्रीले माओवादी अध्यक्षबाट ‘जातीय राज्यका विरुद्ध प्रस्तुत हुनेको प्रतिकार गर्नु’ भनी दिएको अभिव्यक्ति लज्जाजनक रहेको बताए । ‘जातीय सद्भाव र मेलमिलापमा आधारित संविधान निर्माणमा पहल गर्नुपर्ने बेलामा’ उनले भने, ‘दलकै शीर्ष नेताहरुबाटै यस्तो विखण्डनकारी कुरा आउनु आपत्तिजनक हो, हामी स्वीकार गर्दैनौं ।’ 

संघर्ष समितिले जातीय आधारमा प्रादेशिक संरचना तयार नगर्न र खस समूदायलाई पनि सम्बोधन गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा संघर्ष समितिका प्रवक्ता कुमार बहादुर खड्काले सरकारसँग नभई संविधान निर्माणमा निर्णायक रहेका दलका शीर्ष नेताहरुसँग वार्ता गर्ने बताए । माग पुरा नभए शान्तिपूर्ण आन्दोलनदेखि कर नतिर्ने, सरकार विरुद्ध असहयोग लगायतका अवज्ञाका कार्यक्रम सञ्चालन गरिने संघर्ष समितिका पदाधिकारीले बताए ।

Comments

Other Top Stories