Recent News
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
बाँकि समाचारहरु
Today's Program
- SHOWTHYA JEEVAN
@21:15 Hrs
- Suva Ratri
@22:00 Hrs
- Nepal Khabar
@22:55 Hrs
- Station Closure
@23:00 Hrs
- View All
Opinion Poll
Loading...
Join Us on Facebook
News
वार्ता असफल भए पछि बन्द पुनः एक दिन थपियो,
दिननाथ बराल
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त मोर्चा नै गठन गरी आन्दोलन गर्दै आएका संगठनहरुले बिहिबार र सुक्रबार आयोजना गरेको नेपाल बन्द भोलि शनिबार पनि एक दिन थप गरिएको बताएको छ ।
मुख्य तीन दलका नेताहरुसंग काठमाण्डौमा भएको वार्ता असफल भए पछि आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै शनिबार पनि नेपाल बन्दको कार्यक्रम तय गरिएको क्षत्री समाज नेपालका अध्यक्ष डाक्टर दीलबहादुर क्षोत्रले जानकारी दिनु भयो । उहाँले आफ्ना माग बारे दलहरु गम्भीर नभएको बताउदै वार्ता असफल भएका कारण त्यसको बिरोधमा शनिबार नेपाल बन्द र आईतबारको बारेमा शनिबार निर्णय गर्ने बताउनु भयो ।
हिजोबाट गरेको दुई दिने नेपाल बन्दको दोश्रो दिन आजपनि देशभरिको जनजीवन प्रभावित भएको छ । अन्य जातीमा राखिएका व्राम्हण, क्षेत्री, दशनामी, ठकुरी, दलित लगायतका समुदायले संघर्ष समिति नै बनाएर आयोजना गरेको बन्द छिटपुट घटना वाहेक दोश्रो दिनको वन्दपनि शान्तिपूर्ण रहेको छ ।
बीच, वन्दको क्रममा पोखराको पृथ्वीचोक, पार्दी विरौटा र अम्मरसिंहचोक क्षेत्रमा अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको बोर्ड राखिएको छ । तमुवान स्वायत्त गणराज्य नेपाल लेखिएको बोर्ड हटाउन खोजे पछि प्रहरीले कडा सुरक्षा गरेका कारण आन्दोलनकारीले सुक्रबार पोखराको पृथ्वीचोक, विरौटाचोक र अम्मरसिंहचोक क्षेत्रमा अखण्ड नेपाल पश्चिमाञ्चलको वोर्ड स्थापना गरेका हुन् ।
पृथ्वीचोकमा दोश्रो वोर्ड गाड्ने बेला प्रहरीसँग झडप भएपछी आन्दोलनकारीले विरौटा चोकमा अर्को वोर्ड राखेका हुन् । विरौटाचोकमापनि वोर्ड राख्ने समयमा केहीबेर प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा आन्दोलनकारीले अखण्ड पश्चिमाञ्चल कायम राख्न माग गर्दै नाराबाजी समेत गरेका थिए ।
झडपको क्रममा ३ जना भन्दा बढी आन्दोलनकारी घाईते भएका छन । स्याङजा टक्सार घर भई हाल पोखरा पार्दीमा बस्दै आउनु भएका ५५ बर्षीय चन्द्रबहादुर पोखरेलको खुट्टामा चोट लागेकोछ, पोखरा प्रस्र्याङका २१ बर्षीय निसान थापालाई घाटीमा चोच लागेको छ भने कास्की भरतपोखरीकी १८ बर्षीया करुणा भण्डारीको खुट्टामा चोट लागेको छ । कास्कीको पुम्दी भुम्दीबाट हेमराज बराल सहितको एक टोली नारा जुसुल सहित पोखरा आएको थियो । त्यसै गरी हेमजामा संघर्ष समितिले गिती नाटक प्रदर्शन गरी भजन चुड्का समेत प्रस्तुतः गरीएको बताईन्छ ।
Comments
Other Top Stories
- बन अतिक्रमणकारी संग स्थानिय निकायको हातेमालो
- नवलपरासी स्थित गण्डक नदि नियन्त्रण आन्दोलन फिर्ता ।
- पे्रस काउन्सिलविरुद्ध सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी ।।
- राप्रपाको समावेशी समूहको मतगणनाको जारी, महिला र खुलातर्फको मतपरिणाम घोषणा ।।
- एकीकृत माओवादी र मधेसी मोर्चाले सहमति भाँड्न खोजेको काङ्ग्रेस एमालेको आरोप ।।
- आमा समुहहरुको सक्रियतामा महिलाहरुले वलत्कारी पक्राउको माग गर्दै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल खण्ड वन्द
- कच्ची बाटो पिच हुन थालेपछि ग्रामिण भेगका जनता खुसी ।।
- बागलुङको अमलाचौरमा बर्थिङ सेन्टर स्थापना ।।
- प्यूठान एक गाउँ बेरोजगार मुक्त ।।
- राष्ट्रपतिको ध्यानाकर्षण ।।
- Show more News