Recent News

 

बाँकि समाचारहरु

Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

RL Event

जाडोमा जोखिम हृदयाघातको

गर्मी याममा नियमित औषधि सेवनले आफ्नो रक्तचाप १२०/८० मा कायम राख्न सफल ४८ वर्षीय निलेश श्रेष्ठ अहिले समस्यामा परेका छन् । औषधि खाँदा समेत यो जाडो याममा उनको रक्तचाप १५०/१२० सम्म पुगिसकेको छ ।

चिसो याममा मुटु र उच्च रक्तचापको समस्यामा पर्ने उनी एक्ला व्यक्ति भने होइनन् । जाडो याममा मुटुको समस्याले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुग्नेको संख्यासमेत बढ्ने गरेको छ ।

'जाडोमा मुटुको समस्याले केन्द्रमा भर्ना हुने र मृत्यु हुनेको संख्या बढ्छ,' केन्द्रका निर्देशक वरिष्ठ मुटु  रोग विशेषज्ञ मनबहादुर केसी भन्छन्, 'गर्मीमा औषधिले नियन्त्रित रहेको उच्च रक्तचाप चिसो याममा आकासिएर औषधिको मात्रा बढाउनुपर्ने रोगीहरू प्रशस्त हुन्छन् ।'

यसपटक राजधानीमा अलि पहिले जाडो सुरु भएकोले अस्पताल धाउने मुटु  रोगीहरूको संख्यामा वृद्घ िदेखिएको छ । डा. केसीका अनुसार सामान्यतः उपत्यकामा मंसिरको दोस्ा्रो सातादेखि माघसम्म मुटु  रोगीको चाप हुन्छ । मधेसमा भने यो स्थिति करिब डेढ महिनाजति देखिन्छ ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार, चिसो मौसमले मुटुलाई प्रभावित गर्छ । यस्तो प्रभाव मुख्यतः मुटु  र रक्तबाहिका सम्बन्धी -कार्डियोभास्कुलर) रोग भएकाहरूमा बढी मात्रामा देखिन्छ । मुटु  रोगीका लागि चिसो याम बढी घातक हुन्छ । चिसो याममा मुटु  एवं रक्त सञ्चार प्रभावित हुन्छ । यो मौसममा रगत बाक्लो हुन्छ । पातला रक्तनली झन् साँघुरा हुन्छन् । यसले रगतको दबाब बढ्छ र मुटु को चालमा समेत वृद्घि हुन्छ ।

'यो स्थिति मुटु  रोगीका लागि ठीक छैन,' केन्द्रकै वरिष्ठ मुटु  रोग विशेषज्ञ यादव भट्ट भन्छन्, 'मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्ट्रोल जस्तो जोखिम भएकाहरूका लागि जाडो याम घातक हुन्छ । यो मौसममा श्वासप्रश्वास सम्बन्धी रोग हुन्छ, जसले मुटु  मा नराम्रो असर पार्छ ।'

जाडो याममा चिसो बढ्नुका साथै मुटुमा रगत आपूर्ति गर्ने कोरोनरी धमनीको भित्री सतहमा कोलेस्ट्रोल जम्छ । यसले धमनी साँघुरो र असमतल हुन्छ । 'यसरी मुटुलाई कोरोनरी धमनीले पर्याप्त रगतको आपूर्ति नगर्दा एन्जाइना (मुटुको दुखाइ) हुन्छ,' डा. भट्ट भन्छन्, 'उच्च रक्तचाप भएकाहरूले चिसो याममा न्यूनतम दुई सातामा नियमित रूपमा रक्तचाप परीक्षण गराउनुपर्छ ।'

धेरैजसो व्यक्ति चिसो याममा हुने छातीको दुखाइलाई सामान्यतः ग्यास र अपच ठानेर चिकित्सककहाँ जाँदैनन् । डा. भट्टका अनुसार चिसो याममा उच्च रक्तचाप, मुटुको समस्या भएकाहरूमा छाती दुखाइ वा सास फेर्न असजिलो देखिए तुरुन्त अस्पताल पुग्नुपर्छ । 'मुटु  रोगीले चिसोमा मर्निङ वाकमा निस्कनु हुँदैन,' उनी भन्छन्, '९-१० बजेतिर वातावरणको तापक्रम सामान्य भएपछि मात्र वाकमा निस्कनुपर्छ ।'

उसो त, मुटु  रोगीले पैदल हिँड्नु भने राम्रो हुन्छ । हिँड्दा मुटुलाई अतिरिक्त अक्सिजनको आवश्यकता पर्छ । तर, चिसोमा धमनी सांगुरिने भएकाले अक्सिजनको उचित आपूर्ति हँुदैन । यसैले चिसो याममा मर्निङ वाकको समय परिवर्तित गर्नुपर्ने उल्लेख गर्दै भट्ट वातावरण न्यानो भएपछि मात्र हिँड्न सुझाउँछन् । जाडोमा बढी समय चिसोमा बस्नु र खुल्ला ठाउँमा शारीरिक मिहिनेत गर्नबाट समेत जोगिनुपर्छ ।

चिसो याममा हार्ट फेल्योरका रोगीहरूमा छातीको संक्रमण -निमोनिया) देखिएर उपचारका लागि अस्पताल भर्ना हुनेहरूको संख्या बढ्ने गरेको केन्द्रकै मुटु  रोग विशेषज्ञ दिवाकर शर्मा बताउँछन् । 'हार्ट फेल्योरका रोगीहरूमा निमोनिया समेत हँुदा उपचार गर्न समेत गार्‍हो हुन्छ,' डा. शर्मा भन्छन्, 'चिसोमा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज -सिओपीडी) ले समेत मुटुमा असर पारिरहेको हुन्छ । चिसो याममा हृदयाघात हुने एउटा कारण चिसोले श्वासप्रश्वासको संक्रमण बढी हुनु समेत हो ।'

जाडोमा मस्तिष्क र शरीरका अन्य अंगका धमनी समेत साँघुरा हुन्छन् । यसले रगतको प्रवाहमा रोकावट आउनुका साथै रगत जम्ने डर हुन्छ । यसमा मुटु मात्र नभई मस्तिष्क र शरीरका अन्य अंगको पक्षाघात हुने सम्भावना समेत बढ्छ ।

यो मौसम खानपानको दृष्टिले राम्रो भएका कारण धेरैजसो व्यक्ति खानमा लापरबाह हुन्छन् । चिसोमा पाचन क्षमता तीव्र हुनुको कारण सामान्यतया तारेको, भुटेको, गुलियो जिनिस आवश्यकताभन्दा बढी खान थाल्छन् ।

'यसले मधुमेह एवं मुटु रोगको समस्या बढ्छ,' डा. भट्ट भन्छन्, 'चिसो याम खानपानको दृष्टिले धेरै राम्रो भए पनि यो मौसममा गरिने लापरबाही मुख्य रूपमा मधुमेह, मुटु  रोग र उच्च रक्तचाप भएकाहरूका लागि घातक हुन सक्छ ।'

यो याममा शरीरलाई तताउने नाउँमा बढी मात्रामा मद्यपान समेत गरिने भएको औंल्याउँदै भट्ट भन्छन्, 'रक्सी, चुरोट खाने बानी अनि निष्त्रिmय जीवनशैलीले मुटुमा समस्या बढाउँछ ।'

Comments

Other Events